• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा

कोइलाडीमा वक्तृत्वकला प्रतियोगिताका सम्पन्न

img

राजविराज। सेभ द सप्तरीको स्फोन्सरशिप कार्यक्रम अन्र्तगत अन्र्तरास्ट्रिय महिनाबारी सरसफाई दिवस २०१८ को अवसरमा आज यहाँ वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका वडा नं. ४स्थित कोइलाडीमा आयोजित कार्यक्रममा त्यहाँ रहेका ३२ वटा बालकल्बका बालबालिकाहरुको सहभागिता गराइएको थियो ।

सो अवसरमा महिनाबारी र सरसफाई समबन्धी सहभागि बालकल्बका बालिकाहरुले आयोजित मंचमा गएर ३ मिनेटको समयमा बक्तव दिएको थियो ।

सो क्रममा सहभागि बालकल्बका बालबालिका मध्ये पहिलो,दोश्रो,तेश्रो र चौथो हुनेलाई पुरस्कार बितचरण गरिएको छ ।

प्हिलो हुने बजरंबली बालकल्बका सस्मिता झालाई सैन्टरी प्याड १० थान,डिटोल साबुन १ थान,डिटोल लिक्युड १ थन, दोश्रो हुनेमा सिधि दात्री बालकल्बका कल्पना कुमारी मण्डललाई सैन्टरी प्याड ७ थान,डिटोल साबुन १ थान,डिटोल लिक्यिुड १ थन, तेश्रो हुने बाबा मदनेश्वर बाल कल्बका निशा कुमारी साहलाई सैन्टरी प्याड ५ थान,डिटोल साबुन १ थान,डिटोल लिक्यिुड १ थन, तथा चौथो हुने डिहवार बाबा कल्बका कंचन कुमारी यादवलाई सैन्टरी प्याड ३ थान,डिटोल साबुन १ थान,डिटोल लिक्यिुड १ थन,प्रमुख अतिथि र अतिथिहरुले पुरस्कार बितरण गरेको सेभ द सप्तरीका फिल्ड औफिसर घुरण यादवले बताउनुभयो ।

साथै सहभागि अन्य २८ जनालाई पनि १÷१ थानका सैन्टरी प्याड समेत बितरण गरेको सेभ द सप्तरीले जनाएको छ ।

तिलाठीकोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिँहको प्रमुख अतिथियमा कार्यक्रमम सम्पन्न भएको थियो ।

 

सेभ द सप्तरीका अध्यक्ष धुव्र देवको अध्यक्षतामा सम्पन्न भएको बार्यक्रममा वक्कृत्वकला प्रतियोगितामा सेभ द सप्तरीका अध्यक्ष धुव्र देव, गाउँपालिका उपप्रमुख सुचिता यादव,जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक भागवत यादव,स्वास्थ्य निरिक्षक राजेश मिश्र, तिलाठी कोइलाडी गाउँपालिकाका बिपत ब्यवस्थापनका राजेश झा, वडा नंं. ३ का वडा अध्यक्ष मनोज चौधरी, वडा नं. ४ का गोपी मण्डल, प्रहरी चौधरी कोइलाडीका रमेश धिमाल लगाएतका उपस्थिति रहेको थियो ।

वक्कृत्वकला प्रतियोगिताका निर्णयक समितिका संयोजकमा रमेश भघmा, समितिका सदस्यमा बिपिन झा र चुनचुन यादव रहनुभएको थियो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी