• img
  • img
img img img
Categories
प्रदेश समाचार विजनेश

३ दिवसीय अगरबत्ति बनाउने तालिम प्रारम्भ

img

भुपदेव माली,सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका वडा–४ मधुवापुरमा ३ दिवसीय अगरबत्ति बनाउने तालिम प्रारम्भ भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा सेतु सामुदायिक विकास तथा मानव अधिकार मंच (सेकडिहुरफ)को आयोजनामा तालिम संचालन भएको छ ।


तालिम टोली प्रमुख मंचका अध्यक्ष जंग बहादुर सिंह र सचिव नरेश कुमार चौधरी प्रशिक्षक मनोज यादव, ललिता चौधरी लगाइत वडा अध्यक्ष नागेश्वर मण्डलको प्रमुख अतिथिमा ३० जना दलित महिला तथा विपन्न वर्गका महिलाहरु लाई सहभागी गराई तालिम को बिधिवत शुरु गरेको हो । यो तालिम ३ दिन सम्म चल्ने छ ।

तालिममा सहभागी महिलालाई घरमा बसि बसाई साना उद्यम बनाउने लक्ष्यले तालिम संचालन गरेको मंचमा प्रमुख सिंहले बताए ।

तालिममा सहभागीहरु लाई शुभकामना दिदै वडा अध्यक्ष मण्डलले भने नगरपालिकाको सहयोगमा संचालित तालिम महिला समुदायलाई आत्मनिर्भर बन्न तथा परिवारिक आर्थिक स्रोत जुटाउन मद्दत गर्छ यस तालिमलाई सत्य उपयोग गर्न सवै लाई आग्रह समेत गरेका थिए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी