• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

कम्युनिस्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन सक्दैन : देउवा

img

हेटौंडा,५ असार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी गरेका छन् ।

सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख भएको भन्दै उनले गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दाबी गरेका छन् । जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै देवाले भने, ‘कम्युनिस्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन सक्दैन । कम्युनिस्ट लोकतन्त्रवादी हुन सक्दछन् भन्नु बाघ शाकाहारी हुन्छ भन्ने जत्तिकै हो ।’

संविधानको संरक्षण गर्ने र देशलाई कम्युनिस्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी कांग्रेसकै कााधमा आएको देउवाले बताए ।

कांग्रेसले एउटा लडाइा हारेको तर, मैदान नहारेको भन्दै उनले कमजोर मानसिकता होइन, उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे ।
भेलामा बोल्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुका बीचमा रहेको वैमनस्यताको कारण कांग्रेस कार्यकर्ताहरुले एकताको आवाज उठाउँदै आएको बताए ।

उनले अब एकताको आधार र फर्मुला अब जिल्ला सभापतिहरुबटै आउन समेत आग्रह गरे । हेटौंडाको भेलाले एकताको लागि मजबुत आधार दिनसमेत आग्रह गरे ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी