• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा

सप्तरीको विद्यालयमा तालाबन्दी

img

सप्तरी । विद्यालयमा नियमित पठनपाठन नभएको र सो विषयमा विद्यालय प्रशासनलाई जानकारी गराउँदा समेत समस्या समाधान नगरेको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन।

सप्तरीको डाकनेश्वरी नगरपालिका–७, ब्रह्मपुरस्थित जनता रामेश्वर मेमोरियल माविमा मंगलबार विद्यार्थीहरुले तालाबन्दी गरेका छन्।

उनीहरुले विद्यालयमा तालाबन्दी गरी डाकनेश्वरी नगरपालिका कार्यालयमा पुगी नाराबाजी गरेका थिए।

विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार यादव स्वयं ढिलो गरी विद्यालयमा आउने गर्दा लामो समयदेखि पठनपाठन प्रभावित भएको र पढाइको विषयमा गुनासो गर्दा उल्टै गाली गलौज गरेको विद्यार्थीले गुनासो गरे।

नगरपालिकाका मेयर शिवनारायण यादव र प्रमुख प्रशासकीय अधिकृत मिलन दाहालले विद्यार्थीहरु प्रधानाध्यापकविरुद्ध आन्दोनलमा उत्रिएकाले सहमति गरी समस्या समाधानको प्रयास भइरहेको बताएका छन्।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी