• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार स्वास्थ्य

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै

img

काठमाडौं। सरकारविरुद्ध प्रदर्शन होस् या गोविन्द केसीको विषयलगायत विभिन्न माग राख्दै गरिएको प्रदर्शन किन नहोस्, पछिल्लो समय राजधानीको माइतीघर मण्डला केन्द्रीत प्रदर्शन गर्ने क्रम बाक्लिएको छ ।

सुरुमा सरकारले माइतीघरलगायतका स्थानलाई निषेधित क्षेत्र तोकेपनि त्यसको वेवास्ता गर्दै प्रदर्शन समेत भए ।

सोमबारमात्रै सर्वोच्च अदालतले माइतीघरमा प्रदर्शन गर्न अवरोध नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेसँगै मंगलबारसमेत दुई फरक राजनीतिक संगठनले प्रदर्शन गरेका छन् ।

सोमबार नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको केहि घण्टामै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले पनि माइतीघरमै विरोध प्रदर्शन गरेको छ ।

सो क्रममा नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेको छ ।

सरकारले संविधान विपरित, जनविरोधि गतिविधि गरेपछि आफूहरु सडक संघर्षमा उत्रन बाध्य हुनु परेको नेता गंगा श्रेष्ठले बताए ।

img

Share: