• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिएको अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण

img

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिएको अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा.गोविन्द केसी र उनको मुद्धामा लासको राजनीति गरेको भन्ने नेताहरुको अभिव्यक्तिप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएका हुन् ।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्ः ‘हामी स्मरण गराउन चाहन्छौं, लोकतन्त्र भनेको लाख मानिसले जुलुश गर्न पाउने अधिकार मात्र होइन, केवल एकजना व्यक्ति मात्रैले पनि न्यायको लागि आवाज उठाउँछ भने राज्यले त्यसलाई सुनुवाई गर्नु वास्तविक लोकतन्त्र । त्यसमा पनि डा।गोविन्द केसी केवल एकजना व्यक्ति मात्र नभई यतिबेला आम नेपालीले समर्थन गरिरहेका अभियन्ता हुनुहुन्छ । उहाँको न्यायोचित मागका पक्षमा उभिनुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु र राजनीतिक आग्रह राखेर डा। केसीलाई हेर्नु प्रधानमन्त्री पदको उचाई अनुरुपको स्वभनिय अभिव्यक्ति विल्कुलै होइन ।’

प्रधानमन्त्री ओली र प्रचण्डले सोमबार राजधानीमा आयोजित पुष्पलाल स्मृति दिवसमा डा।केसीको मुद्धाको आडमा कांग्रेसले राजनीति गर्न खोजेको गम्भीर आरोप लगाएका थिए ।

विज्ञप्तिमा डा।केसीले विगतमा गर्नु भएको अनसन र मागलाई सम्वोधन गर्ने क्रममा नेपाली कांग्रेसका तत्कालिन सभापति शुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले डा। केदारभक्त माथेमाको संयोजकत्वमा उच्च स्तरीय कार्यदल गठन गरेको दाबी गर्दै सोही कार्यदलको प्रतिवेदनमा आधारित रहेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको अघिल्लो सरकारले अध्यादेश जारी गरी डा।केसीले उठाएका मागहरु पुरा गरेको र ओली सरकारले सो अध्यादेशलाई उल्ट्याउनतरर्फ उद्धत भएका कारण उब्जिएको समस्याका रुपमा टिप्पणी गरिएको छ । प्रवक्ता शर्माले विज्ञप्तिमा डा। केसीको मागलाई सम्बोधन गरी उनको जीवनरक्षा गर्न पक्ष र प्रतिपक्ष दुबैलाई गम्भीर हुन आग्रह गरेका छन् ।

काँग्रेसमाथि प्रचण्ड हमला

१–हामी डा.केसीसँग वार्ता गर्न तयार छौँ । तर, नेपाली काँग्रेसले खोजेको चाहिँ के हो रु काँग्रेस केसीको पुच्छर समातेर संघीय लाकतान्त्रिक गणतन्त्रमाथि काँग्रेसले के गर्न खोजेको हो ? के काँग्रेसले गोविन्द्र केसीमाथि राजनीतिक गर्न खोजेको हो । रु के काँग्रेस अलोकतान्त्रिक भएको हो । के काँग्रेस एजेन्डाविहीन भएको हो रु गोविन्द केसीको माग पुरा गर भनेर सम्पूर्ण तोडफोडमा उत्रनु भनेको मेरो दृष्टिमा अब काँग्रेस सिद्धियो । काँग्रेसको अवसानको बाटो शुरु भयो ।

२–प्रचण्डले लगातारको अनशनमा पनि असन्तुष्टि जनाए । एउटा व्यक्ति माग राखेर अनसनमै बस्ने हो भने चुनाव किन चाहियो ? संसद किन चाहियो ? चुनाव किन गर्ने ? पालैपालो एकजनालाई अनशनमा राखौँ । माग पुरा गरौँ । यहि बुद्धि हो भने काँग्रेस इतिहासको विषय बन्न कसैले रोक्न सक्दैन । अब हामी तल जाँदैछौँ, यसबाट के निस्कन्छ, हेर्नुहोला ।

३–‘७० वर्षपछि ५ बर्ष सरकार चल्ने अवसर पायौँ भनेर सत्ता र प्रतिपक्ष सवैको हो भनेका थियौँ । चार महिना कुर्ने धैर्यता देखिएन । हामी कम्युनिष्ट पार्टी कसैको जिवन रक्षाका निम्ती कति संवेदनशिल छौँ भन्ने कुरा हामीले सावित गरेका छौँ । डा गोविन्द केसीको रक्षाको निम्ती हामीले के के गर्यौँ त्यो देखिईराखेको छ । तर बडो लोकतात्रिक भन्नेहरुले सरकारी डाक्टरलाई परिक्षण गर्न दिन्नौँ भन्ने । जिवन रक्षा गर्दा ढुङ्गामुढा गर्ने । यो हो त लोकतन्त्र रु यसले लोकतन्त्र सुदृढा हुन्छ रु वार्ता गर्छौँ भन्दा वार्ता गर्दैनौँ सरकारी टोलीसँग भन्ने । यो हो लोकतन्त्र ?

४–मैले कथा भन्ने गरेको छु । महादेव र पार्वती आकाश मार्गमा हिँडेको वेला, तल फोहोरको नालीमा सुंगुरहरु नाचिराखेके देखिन् पार्वतीले । पार्वतीलाई दया आयो । विचरा ति सुंगुरका बच्चाबच्ची त्यस्तो फोहोरमा बसेका छन् तिनलाई उद्दार गर्न पर्यो प्रभु भनेर महादेवलाई भन्दा, ‘हैन यिनको बुद्धिनै त्यस्तै छ । यि राम्रो ठाउँमा आउन चाहाँदैनन्’ महादेवले भने । तर, पनि पार्वतीले जिद्धि गरिन् । त्यसपछि महादेव तल उत्रेर तिमिहरु यस्तोमा बस्ने हैन । अव स्वर्गमा जाने मिठो मिठो खाने, आनन्दसँग बस्ने भनेछन् महादेवले । तर ति सुगुँरले फोहोरको गल्ली देखाएर यस्तो छ कि छैन भनेछन् । यस्तो त हुदैँन त्यहाँ भनेर भन्दा त्यसो भए जाँदैनाँै हामी त्यहाँ भनेछन् सुगुरले । अहिले अराजकता फैलाउन खोज्नेहरु त्यहि फोहोरमा बस्न चाहाने हुन् । राम्रोमा जानै नचाहाने हुन् । म साथीहरुलाई आग्रह गर्न चाहन्छु भने यस्तो तरिका छौड्दिउँ । सफा र सिधा सिधा राजनीति गर्नुस् । के चाहिएको हो, केमा चित्त बुझेको छैन, भन्नुस् । सिधै जनतालाई संगठित गर्नुस् न । विचरा एउटा अनशन बसेको डाक्टरको फेरो समातेर वैतर्नी तर्नै लाजमर्दौ कुरा नगर्नुस् ।

काँग्रेसमाथि प्रधानमन्त्री ओलीको ‘काउन्टर अट्याक’ : काँग्रेसले के तमासा गरेको यो ?
५–हामी सिधै वार्ता गर्न तयार छौँ । डा गोविन्द केसीसँग डिल गर्न सरकार र पार्टी पनि तयार छ । म डा गोविन्द केसीलाई पनि भन्न चाहान्छु । तपार्ईं ककसको घेरामा त परिसक्नु भएको छैन रु विचार गर्न होला । तपार्ईं जे भन्नु खोज्नु भएको छ । त्यसको वरीपरी तपार्ईंको कामबाट परिणाम निकाल्न त खोज्दै छैनन् रु हेर्नुहोला । तपार्ईंप्रति हाम्रो कुनै घृणा छैन । तपार्ईंं र तपार्ईंंको अनसनप्रति कुनै घृणाा छैन । लेनदेन गर्न तयार छौँ । तर, तपाईंको नाममा देशमा अराजकता फैलाउन खोज्नेहरुप्रति सरकार, पार्टी कसैलाई सैय हुनेछैन । जनता सार्वभौम छ । जनताद्धारा निर्वाचित प्रतिनिधिहरु सार्वभौम अधिकार लिएर आएका छन् । त्यसकारण उनीहरुको अधिकारलाई चुनौति दिने कतैबाट हुन्छ भने त्यो हामी सहन सक्दैनौँ । त्यसैगरी प्रतिपक्षका साथीहरुले यो विडम्वना गर्न छाडेर छिटो वार्ताको माध्यमबाट समृद्धिको अवसरलाई गुमाउने भूल नगरियोस् । म यो भन्दा वढि भाषा प्रयोग गर्न चाहान्नँ । नम्र ढंगले भनेको प्रतिपक्षको साथीहरुलाई । हामी कसरी बाह्रबुदेँ सम्झौता गरर्यौँ । कसरी शान्ति सम्झौता गर्र्यौँ, त्यो सम्झेर भनेको हुँ ।

–डा.गोविन्द केसीको जिवन रक्षा गर्ने दायित्व सरकारको हो । तर अर्को पक्ष उहाँको जिवन रक्षा प्रति गम्भिर छैन । तथाकथित लोकतान्त्रिक भन्ने तागत सायद उहाँको हत्या गर्न चाहान्छ । र, त्यो लासको राजनीति गर्न चाहने हो कि भन्ने प्रश्न गम्भिर रुपले खडा भएको छ । म आम नेपाली जनतालाई पनि भन्न चाहान्छु, यो के विडम्बना हो रु सरकारले वार्ता टोली बनाएको छ समस्या समाधान गर्न । सरकारले उहाँको जिवन रक्षा गर्न लडेर सामना गरेको छ । फेरी पनि सरकार माथि आरोपनै आरोप रु पार्टीका लिडरहरु माथि आरोपनै आरोप । यो के चिज हो ?

७–डा गोविन्द केसी सँग हामी वार्ता गर्न तयार छौँ । कति लचिलो हुनुपर्ने हो हुन तयार छौँ । उहाँको जिवन रक्षाप्रति हामी संवेदनशिल छौँ । तर मैले यहाँ उठाउन खोजेको नेपाली कांग्रेसले खाजेको चाहिँ के हो रु नेपाली कांग्रेसले संघिय लोकतान्त्रिक गणतन्त्रबाट डा गोविन्द केसीको पुच्छर समातेर तार्न खोजेको, हरण गर्न खोजेको हो रु नेपाली कांग्रेसले आफ्नो राजनीति डा गोविन्द केसी मार्फत गर्न पर्ने ठाउँमा पुगिसकेको हो ?

८–कांग्रेस यति निम्छरो, कांग्रेस यति कमजोर, यति एजेण्डा विहिन, अलोकतान्त्रिक भैसकेको हो रु अस्ति भर्खरै हामी १२ बुदेँ देखि शान्ति सम्झौता गरेका नेताहरु अहिको अरु कुनै एजेण्डा छैन । गोविन्द केसीको माग पुरा गर भनेर तोडफोडमा उत्रिन खोजेको हो ? यदि हो भने यो भन्दा ठुलो बिडम्वना अरु केहि हुनै सक्दैन । मेरो दृष्टिमा कांग्रेस अव सिद्धियो । कांग्रेस सिद्धियो भन्ने देख्या छु । यहाँबाट कांग्रेस यहाँबाट अगाडि आउने होइन । कांग्रेसको अवसानको वाटो देखियो ।

काँग्रेसमाथि प्रचण्डको हमला : अब काँग्रेस सिद्धियो
९–हिजो मात्रै प्रधानमन्त्री, म र नेपाली कांग्रेसका सभापति बसेर कुरा गर्यौँ । सभापतिसँग हामीले भन्यौँ,‘के गर्न पर्ने हो, सहमति गरौँ । यो अनावश्यक विडम्बना नगरौँ ।’ विधेयक संसदमा छ । होइन एउटा कुनै व्यक्तिको मागलाई मानिदिनुनै पर्ने अरु उपाए छैन भने, यो संसद किन चाहियो रु चुनाव किन गर्न पर्यो रु प्रदेश सभा किन चाहियो रु स्थानीय तह किन चाहियो रु बीचबीचमा एउटालाई अनशन बस्न लगाईदिउँ । उसले जे–जे भन्छ त्यहि गरौँ । होइन विधिको शासन, लोकतान्त्रिक प्रणाली हो भने प्रणली भित्रैबाट समस्या समाधान गरौँ । त्यो भन्दा बाहिरबाट गर्न खोज्नु भनेको लोकतन्त्रको उपहास, त्यसको अपमान बाहेक केहि हुदैँन । तर, उहाँले के भन्नु भयो, ‘तपार्ईंहरु डा गोविन्द केसीसँग जे मा कुरा मिलाएपनि मेरो सहमति हुन्छ । अरु केहि छैन । यदि गोविन्द केसी मान्दैनन् भने हाम्रो आन्दोलन जारी रहन्छ । यहि हो शेरबहादुरजीको जवाफ ।’

डा.केसीको अनशन प्रधानमन्त्रीबाट डिल हुने विषय होइन : प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अन्तरवार्ता
१०–कांग्रेसको यहि वुद्धि हो । यहि तरिका हो भने कांग्रेस इतिहासको विषय बन्न धेरै दिन लाग्दैन । उहाँहरु एकछिन ठान्नु भयहोला हिजोका कोही अधिकृतहरुलाई चर्कोचर्को भाषा बोलाएर कम्युनिष्टहरु सकिन्छन् । वा कमजोर हुन्छन् भन्ने सोच्नु भएको होला । तर हेर्नुहोला कम्युनिष्ट दश गुणा अघि आउँछौँ । हामी एकताको प्रारम्भिक चरणमा छौँ । हामी जनतामा जादैँछौ हेर्नुहोला । हामी युद्धबाट शान्ति कायम गर्न सक्ने नेता हौँ । सानातिना समस्याबाट हामीलाई कसैले कमजोर पार्ने सपना देखेको छ भने त्यो दिवा सपना हुनेछ । युगान्तकारी परिवर्तन, संविधान बनाउने नेतृत्व गरेका छौँ हामीले । कसैले सजिलै हामीलाई कमजोर पार्ने सोचेको छ भने आफु पर्ने खाल्डो आफै खन्दैछ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी