• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

भारदह बजारक्षेत्रमा चोरी

img

भारदह, भुपदेव माली । सप्तरीको हनुमाननगर कंकालिनी नगरपलिका वडा नं।–१ भारदह बजार बरीपरीको चोरीमा बुद्धि भएको छ ।
भारदह बजारमा यता केही दिन देखि मोटर साइकल तथा गुमटीमा पसल गर्ने व्यवसायहरुको ताला तोडर धनमाल चोरी गर्ने संख्या बढेका छन ।
भारदह कुषि हाट नजिक एक गुमटीको ताला तोडेर लगभग १० हजार बरावरको धनमाल चोरी गरी लगीएको छ । गुमटीमा किराना पसल रहेको सो पसलवाट खाने तेल, नरिवलतेल, साबुन, चुरोट, गुटका आदी तथा नगद समेत चोरी गरी लगेको व्यवसाय संचालक कलानन्द माझीले बताएका छन ।

यस अधि यसै क्षेत्रवाट एक मोटर साइकल र दुई थान मोवाइल र अन्य समानहरु चोरी भएको थियो ।

यस क्षेत्रका चोरहरुलाई दरो कार्वाही हुन नसक्दा दिन्हु चोरीको घटना भईरहेको गुनासो स्थानीय व्यपारी अशोक माझीको भनाई छ ।

img

Share:
Tags