• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

स्वाइन फ्लू र हङकङ फ्लूको पिडितलाई मुख्यमन्त्रीले दिए २/२ लाख नगद राहत

img

सप्तरी, कंचनरुप ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुक्रबारै कञ्चनरुप नगरपालिकामा स्वाइन फ्लू र हङकङ फ्लूको पिडित लगाइत मौसमी रुघाखोकी तथा उच्च ज्वरोबाट मृत्यु भएका ४ जनाका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँका दरले राहत रकम वितरण गरेका छन्।

उनीहरुको मृत्यु स्वाइन फ्लुका कारण भएको आशंका गरिएको छ। राउतले सप्तरीमा बढेको मौसमी रुघाखोकीको प्रकोप नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत १५ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी पनि दिए। यसअघि राउतले फ्लू प्रभावित क्षेत्रका बिरामीको उपचार भइरहेको कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षण गरेका थिए।

प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरवृद्धि गर्न प्रदेश सरकारका तर्फबाट प्रतिवद्धता जनाए।

फ्लू प्रभावित क्षेत्रमा राहत वितरण गर्न पुगेका मुख्यमन्त्री तथा मन्त्री माला र दोसल्ला ओढ्न र औपचारिक कार्यक्रममा बढी केन्द्रित भएका थिए।

मौसमी रुघाखोकी सर्नसक्ने भएकाले भिडभाडमा नजान तथा मास्कको प्रयोग गर्न माइकिङ तथा प्रचारप्रसार गरिरहेको कन्चनरुप नगरपालिकाले प्रभावित क्षेत्रमा मान्छे भेला गरेर औपचारीक कार्यक्रमको आयोजना गरेको हो।

img

Share: