• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मधेशी नारीहरुको कठोर व्रतको रुपमा रहेको पर्व जितिया पर्व विधिवत सुरु

img

सप्तरी, राजविराज । श्रीमान् तथा सन्तानको सुख, शान्ति र दिर्घायुुको कामना गर्दै हिन्दू नारीहरुले मनाउने जितिया पर्व सोमवारदेखि विधिवत सुरु भएको छ ।

कठोर व्रतको रुपमा रहेको यो पर्वको पहिलो दिन असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाईने गरिन्छ । पर्वको पहिलो दिन सप्तमीतिथीमा ‘नहा, खाय’ (नुहाएर खानु) विधिबाट पर्व सुरु भएको छ ।


आश्विन कृष्णपक्षको सप्तमीदेखि सुरु हुने जितिया पर्व नवमीसम्म मनाउने गरिन्छ । उनीहरु जितियाँको अघिल्लो दिन नजिकको इनार, जलासयमा स्नान गरेर जितियाको सुरुवात गर्ने गर्दछन् । महिलाहरुले जितियाको अघिल्लो राति ओटघन (दर) खाई ब्रत बस्ने गर्दछन् । उनीहरु आजका दिन पानी पनि नखाई दिनभर ब्रत बस्ने परम्परा रहेको छ ।
विशेष गरी यो दिन उनीहरु जितमहानको कथा सुन्ने गर्दछन। जितिया पर्वमा जितमहानको कथा सुन्नलाई विवाहित महिलाहरु जाने गर्दछन् । जितमहानले गुफा भित्र छिर्ने र निस्कने खेलमा आफ्नो बुवाको नाम थाहा नपाउँदा साथीहरुसँग पराजित भएर बुवालाई भेटन जाँदा सुर्य देवता साक्षात्कार भइ वरदान दिएको धार्मिक मान्यता छ ।


ब्रतको पहिलो दिन ब्रतालु महिलाहरुले स्थानीय नदी, पोखरी तथा जलासयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल र सिन्दुर भगवान जितमाहनको पुजा गरेकी छिन । पूजापछि कोदोको रोटी, नोनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा माछ मरुवा पनि भनिन्छ ।
पर्वको दोस्रो दिन अष्टमी तिथिको विहान करिब ४ बजे उप्रान्त सूर्योदय हुनुभन्दा केही घण्टा अगावै ब्रतालुहरु जितमहानलाई घिरौलाको पातमा दही, च्युरा, सख्खर तथा फलफूल मिसाईएको प्रसाद चढाईने गरिन्छ । २४ घण्टाको लामो निराहार उपवास बसेर भगवान जितमाहनको कथना सुन्ने गरिन्छ । पर्वको अन्तिम दिन नवमी तिथिमा ब्रतालुहरुले पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई चिउरा, दही तथा सख्खरको प्रसाद अर्घ दिएर औपचारिक रुपमा व्रत समापन भएको मानिन्छन् ।

img

Share: