• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

प्रहरी कार्यालयसँगै टाँसिएकै घरमा एक महिलाको विभत्स हत्या

img

सप्तरी, राजविराज । सप्तरीको राजविराजमा एक महिलाको विभत्स हत्या भएको छ ।
राजविराज नगरपालिका वडा नम्वर ६ स्थित जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएकै घरमा ४५ वर्षीया आशा देवको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भावेश रिमालका अनुसार विहान ९ बजेसम्म पनि घरको ढोका नखुलेपछि स्थानियहरुले हेर्न जाँदा देवको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या भएको देखेपछि छेउमै रहेको प्रहरीलाई खबर गरिएको थियो ।


घटनास्थलमा, ईटा र लोहोरोमा समेत रगत लागेको पाईएको छ । रगतको टाटा आँगन र उनी सुत्ने कोठामा देखिएको छ । आँगनतिर बाहिरै देवको हत्या गरेर सुत्नेका कोठा लगेर ओछ्यानमा लगेर राखिएको अनुमान गरिएको छ ।
उनको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उक्त हत्याको विषयमा अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
प्रहरीको ११ बुँदे चाडपर्व लक्षित विशेष सुरक्षा योजनामा पनि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टको आवाससँगै जोडिएको घरमा हत्या भएपछि स्थानियहरुले प्रहरीको सुरक्षाप्रति त्रसित भएका छन् ।

img

Share: