राजविराज । स्थानिय महिला स्वयमसेबिकाहरुलाई सहभागिता गराई आज यहाँ आयोजित अभिमुखी करण कार्यक्रममा आइरन ट्यवलेट बितरण सम्बनधी जानकारी दिइएको छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा न.१ स्थित स्वास्थ्य चौकी बरहिबिरपुरमा आयोजित अभिमुखिकरण कार्यक्रममा आइरन ट्यवलेट बितरण र प्रयोग सम्बन्धी जिल्ला जनस्वास्थ्य कार्यालयका निरिक्षक भागवत यादवले जानकारी दिनुभएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको अभिमुखिकरणमा छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरहिबिरपुर स्वास्थ्य चौकीका अनमी,अहेव,बिद्यालयका फोकल शिक्षकहरुको सहभागिता रहेको थियो ।
स्वास्थ्य चौकीका इन्र्चाज हेल्थ असिस्टेन अनिल यादवको अधयक्षतामा आयोजना गरेको अभिमुखिकरणमा राप्राबि बरहिबिरपुरका फोकल शिक्षकद पंचदेव यादव,जनता रापविका सतेन्द्र मण्डल,आधार भुत बिद्यालयका महेश्वर मेहता महनत जनता बिद्यालयका बिनाई यादव र राप्राबि हाटिका शिवजी यादव, स्वासथ्य चौकीका अहेव सुरेन्द्र मिश्र तथा सेमसेवीकाहरुलाई सहभागिता राखि तालिम दिईएको सेभ द सप्तरीका समुदायिक परिचालक चमपालाल शर्माले जानकारी दिनुभयो ।