काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नलाई आक्रोश, कुण्ठा र निम्छराको संज्ञा दिएपछि प्रतिनिधिसभाको बैठक केहीबेर तनावपूर्ण बन्यो।
नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्डा र निम्छरा प्रश्नको जवाफ नदिई अन्यको दिन्छु भनेपछि नेपाली कांग्रेसका सांसदहरुले उभिएर नियमापत्ति गरेका थिए। उनीहरुले सभामुखको ध्यानाकर्षण गराउदै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरे। कांग्रेसका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराउदै गर्दा प्रधामन्त्रीले प्रतिरोधको शैलीमा प्रश्नको सिमा र मर्यादा हुन्छ भने पछि स्थिति थप तनावपुर्ण बनेको थियो। त्यसपछि संसदमा सत्तापक्ष सांसद, प्रतिपक्षी सांसद र रोष्टबाट प्रधानमन्त्रीको भनाभन नै चल्यो। कांग्रेस सांसदहरुले संसदीय मर्यादालाई कायम गर्न निरन्तर सभामुखको ध्यानाकर्षण गराईरहे पनि सभामुखले त्यसबारे केही निर्णय गरेनन्।
त्यसपछि कांग्रेस सांसद र प्रधानमन्त्री ओलीबीच जुहारी चल्यो ।
रोष्ट्रमबाट प्रधानमन्त्रीले भने, रेकर्ड खोलेर सुनियोस् ।’
जवाफमा कांग्रेस सांसदहरुले चुनौती दिए । प्रधानमन्त्रीले प्रश्नको जवाफ चाहिएको छ कि छैन भन्ने प्रश्न गरे ।
प्रधानमन्त्री र विपक्षी सांसदहरुबचि जुहारी चलिरहँदा सभामुख भने निरिह देखिए । उनले न त विपक्षी सांसदहरुलाई चित्त बुझाउन सके न प्रधानमन्त्रीलाई रोक्न सके । कांग्रेस सांसदहरुको नाराबाजीकै बीच प्रधानमन्त्री ओलीले जवाफ दिए ।