राजविराज । गायत्री महिला चेतना केन्द्रले घरेलु हिंसाबाट पिडित असहाय र विपन्न महिलाहरुका लागि मंगलवार देखि जाडो छल्न न्यानो अभियानशुरु गरेको छ ।
सो अभियानको शुभारम्भ छिन्नमस्ता गाउँपालिकाबाट गरिएको छ । छिन्नमस्ता गाँउपालिकाको वडा न.२ र वडा न.३ बाट अभियानको शुभारम्भ गरिएको छ ।
वडा न.२ को मुसहरी टोलका चार जना र वडा न. ३ को धोवीयारी टोलका पाँच जना घरेलु हिंसाबाट पिडित गरिब र बिपन्न महिलाहरुलाई एक थान कम्बल र एक थान स्वेटर वितरण गरेको छ ।
वडा न. २ को मुसहरी टोलका सरस्वतीदेवी सदा,प्रमिलादेवी सदा,शोभियादेवी सदा र बचकैनदेवी सदालाई एक एक थान कम्वल र स्वेटर प्रदान गरेको गायत्री महिला चेतना केन्द्रकी अध्यक्ष जुही ठाकुरले बताईन ।
उनीहरु सबै घरेलु हिंसा पिडित हुन । उनीहरुलाई श्रीमानले घर निकाला गरेपछि आआफनो माईती र मामा घरमा बस्दै आएको अध्यक्ष ठाकुरले बताइन् ।
यसैगरी छिन्नमस्ता गाउपालिका ३ धोबीयारी टोलकी अनितादेबी सदा,अमलादेबी सदा,अमरिकादेवी सदा,अलोधैनदेवी र शनिचरीदेवी सदालाई एक एक थान कम्वल र स्वेटर प्रदान गरिएको अध्यक्ष ठाकुरले बताइन् ।
तिनीहरु समेत घरेलु हिंसा पिडित हुन । उनीहरुलाई समेत श्रीमानले घर निकाला गरेपछि आआफनो माईती र मामा घरमा बस्दै आएको अध्यक्ष ठाकुरले बताइन् ।
जिल्लाभरीका घरेलु हिंसा पिडित एक सय जना महिलाहरुलाई जाडो छल्न कम्वल र स्वेटर वितरण गरिने लक्ष्य संस्थाको रहेको जानकारी समेत अध्यक्ष ठाकुरले दिएकी छिन ।
सचेतना केन्द्रले भने घरेलु हिंसाबाट पिडित महिलाहरुको जिवनस्तर उकास्नुका साथै तिनिहरुलाई आत्मर्निभर बनाउन निकट भविष्यमा सीपमुलक तालीमको समेत आयोजना गर्ने लक्ष्य लिएको उनले बताईन ।