• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

महतोको परिवारलाई ५ लाख रुपैयाँ राहत

img

जनकपुर। प्रदेश २ सरकारले धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतोको परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले महतोको परिवारलाई राहत उपल्बध गराउने निर्णय गरेको प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले जानकारी दिए । झाका अनुसार महतोको हत्यामा संलग्नलाई कडा कारवाही गर्न प्रदेश सरकारले पहल गरिरहेको छ।

मुख्य न्यायाधीवक्ता झाले भने, ‘अभियोजनकर्ताले कर्तव्य ज्यान मुद्दा चलाइ सर्वस्वसहित जन्मकैदको मागदावी गर्ने वातावरण बनेको छ।’ उनले चुरेको दोहन नियन्त्रण हुने गरी प्रदेश वातावरण कानुनको मस्यौदासमेत तयार भएको जानकारी दिए ।

महतोलाई शुक्रबार बिहान टिपरले किचेर हत्या गरिएको थियो ।

टिपरले किचेर हत्या गरिएका नदीजन्य पदार्थको अवैध उत्खननविरुद्धका अभियन्ता महतोलाई वातावरण अभियन्ता तथा पर्यावरण सहिद घोषणा र हत्यारालाई हदैसम्म कारबाहीको माग गर्दै आइतबार धनुषाको ढल्केवरमा प्रदर्शन भएको थियो । उनलाई सोही वडामा पर्ने औरही खोलाबाट अवैध गिट्टी बालुवा उत्खनन गर्ने माफियाहरुले रडले घोचेर घाइते बनाई खोलामा लडाएपछि टिपरले किचेर हत्या गरेका थिए ।

उनी २ वर्षदेखि वातावरण संरक्षण अभियान सञ्चालन गरेर नदीहरुबाट हुने अवैध उत्खननलाई निरुत्साहित गर्ने अभियान सञ्चालन गर्दै आएका थिए। प्रहरीले हत्या आरोप तथा अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ गरेको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी