• img
  • img
img img img
Categories
शिक्षा समाचार

भोका शिक्षक र विद्यार्थीलाई शिवपुरी माविको राहत

img

काठमाडौं । कोरोना भाइरसको त्रासको कारण मुलुक लकडाउनमा थियो । शिक्षक, विद्यार्थी र अभिभावक सबै होम क्वारेन्टाइनमा ।
जब सरकारले बैशाख २ गते तेस्रो पटक लकडाउनको अवधी थप गर्यो । मुलुकभर खाद्यान्न अभावका समाचारहरु आउन शुरु भयो । काठमाडौंबाट खाद्यान्न अभावका कारण मानिसहरु हिडेरै कष्टसाथ आफ्ना गाउँ फर्किएका खबरहरु बाक्लिन थाले ।
शिवपुरी मावि बालुवाटारका प्रधानाध्यापक दिवाकर दूरदर्शीले खाद्यान्न अभावका खबरहरुसँगै आफ्ना विद्यार्थी र अभिभावकहरु सम्झे । उनीहरुको अवस्था के होला ?

कतै हाम्रा विद्यार्थी र अभिभावकले खाद्यान्न अभावको समस्या त भोगिरहेका छैनन् ? उनलाई भाउन्न भयो । उनलाई प्यारा विद्यार्थी र अभिभावकहरु भोकले छट्पटाएका त छैनन् भन्ने चिन्ताले पिरल्यो ।
उनले भने– विद्यार्थी र अभिभावक भोकले छट्पटाएको विद्यालयले कसरी टुलुटुलु हेरेर बस्न सक्थ्यो र । शिक्षक, विद्यार्थी र अभिभावक एकै परीवार त हो नि ।

प्रअ दूरदर्शीलाई रातभर निद्रा परेन । भोलि बिहानै विद्यालयका सहयोगीलाई खाद्यान्न अभाव भोगीरहेका विद्यार्थी र अभिभावकको विवरण संकलन गर्न आग्रह गरे । आफूले पनि केहीसँग टेलिफोनबाट जानकारी लिए । सामाजिक सञ्जालमा सूचना राखे – कोही अध्ययनरत विद्यार्थी र अभिभावक खाद्यान्न अभाव भोगिरहनुभएको छ भने विदालयमा सम्पर्क गर्नुहोला ।
त्यसपछि उनले केही दाताहरुसँग सम्पर्क गरे । हाम्रा विद्यार्थी र अभिभावकहरु भोका हुन सक्छन् आवश्यक परे खाद्यान्न सहयोग गर्नुपर्यो भनेर । तत्काल केही दाताहरु खाद्यान्न सहयोग गर्न तयार भए । विद्यालयको कोषबाट पनि केही रकम जोहो गर्ने निधो गरे । भूपू विद्यार्थीहरुले पनि सहयोग गर्ने बचन दिए ।

यसबाट हौसिएका प्रअ दूरदर्शीले खाद्यान्न अभाव भोग्ने अभिभावक र विद्यार्थीहरुको विवरण संकलनमा तिब्रता दिए । उनले भने– विद्यालयलाई दुख पर्दा सहयोग गर्ने अभिभावकहरु संकटमा हुँदा विद्यालयले हात बाधेर बस्न मिलेन नि ।
शुक्रवार साइत जुर्यो । दाता र विद्यालयको स्रोतमा खरिद गरिएको खाद्यान्न विद्यालयमा आइपुग्यो । अत्यन्तै खाधान्न अभाव झेलेका २० अभिभावकहरुलाई विद्यालय परिशरबाटै खाद्यान्न वितरण गरियो ।
आज २० परीवारलाई वितरण गरियो, अझै ८० जनाको लागि खाद्यान्न तयारी अवस्थामा छ – दूरदर्शीले एजुकेशन पाटीसँग भने ।

img

Share: