• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

जातिय संस्थाले गरे राहत बितरण

img

राजविराज । सप्तरी जिल्लाकै जेठो जातिय संस्थाको रुपमा परिचित चित्रगुप्त सेवा समितिले आज बुधवार आफ्नो जाति समुदायका विपन्न परिवारका ३६ परिवारलाई राहत बितरण गरेको छ ।

समितिको कार्यालय रहेको राजविराज वडा नं. २ स्थित चित्रगुप्त मन्दिर परिसरमा आर्थिक रुपले विपन्न रहेका कायस्थ जातिका ती परिवारलाई राहत बितरण पछि समितिका अध्यक्ष अशोक कुमार कर्णले भने जाति भित्रका कतिपय परिवारलाइ यो लामो चलेको लकडाउनमा खान लाउन समस्या भए पछि जातिय संस्था भएकोले जातिका व्यक्तिहरुलाई मदत पुग्ने अभिप्रायले यो राहत बितरण गरेका छौं । ४० जनाको सूची रहेकोमा आज राहत लिन नआएकाहरु पछि सम्पर्कमा आए उनीहरुलाई पनि राहत सामग्री उपलब्ध गराउने प्रतिबद्धता समेत अध्यक्ष कर्णले जताए ।

राहत सामग्रीको रुपमा चामल २० किलो, दाल २ किलो, खानेतेल १ किलो, आलु २.५ किलो, नून १ किलो, सोयाबीन १÷२ किलो, मसाला १ पैकेट, डिटोल साबुन २ वटा, सेनिटाईजर १ बोतल, मास्क २ देखि ४वटा, चौकलेट १०वटा दिइएको जानकारी दिंदै समितिका महासचिव सतीश कुमार दतले भने जातीय संस्थाले यसरी राहत दिंदा वास्तविक पिडितले पाउँछन र अनावश्यक भिडभाड पनि हुँदैन । महासचिव दत्तका अनुसार जातिय संस्थालाई आफ्नो जातका व्यक्तिहरुको वास्तविकता ज्ञात हुन्छ जसबाट वास्तविक पिडितले राहत पाउने सम्भावना बढी हुन्छ ।

उक्त अवसरमा राजविराज नगर पालिका वडा नं. २का वार्ड अध्यक्ष अरुण कुमार यादवले भने चित्रगुप्त सेवा समितिले यो प्रयास गरेर सराहनीय काम गरेका छन, यस जिल्लामा विभिन्न जातिय संस्थाहरु क्रियाशील रहेका छन यदि सबै संस्थाले यस्तै प्रयास गरे राज्य उपर दबाब कम हुने र सही पिडितले राहत पनि पाउनेछन ।

राहत पाएकोमा खुशी प्रकट गर्दै राजविराज ६का कमलनारायण लाल दासले भने जातिले जातिलाई मदत गरेकोमा सन्तुष्ट छौं । राहत बितरण कार्यमा सामाजिक दूरी कायम गराउन स्थानीय राजदेवी प्रहरी बिटका सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो भने समितिका पदाधिकारी तथा सदस्यहरु पनि सहभागी रहेका थिए ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी