सप्तरी । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच भएको एकता घोषणाको खुशयालीमा सप्तरीमा साँझ दिप बाली दिपावली मनाएको छ ।
सप्तरीको राजविाराज गजेन्द्र नारायण चौक र नेता चौकमा मैनबत्ती बाली खुशियाली दिपावली मनाएको छ । त्यस्तै कञ्चनरुप नगरपालिका–८ बेरियर चौकमा बिहीबार दिप बाली साँझ दिपावली गरिएको छ ।
राजपा र समाजवादी पार्टीले बुधबार मध्यराति पार्टी एकता गर्ने सहमति गरेका थिए । नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।
पार्टी एकता भएपछि राजविराज , हनुमाननगर, भारदह , रुपनी, कञ्चनरुप नगरपालिका नेता तथा कार्यकर्ताहरु उत्साही भएका छन् । दिपावलीमा दुवै पार्टीका जिल्ला,क्षेत्रिय र नगरस्तरी नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा समाजवादी पार्टीका प्रदेश नं 2 का सचिव दिनेश यादव र जिल्ला का सदस्य गण, नगर अध्यक्ष लगायतका दर्जनौ नेता सहभागी भएका थिए ।