• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

कोरोनाबाट जोगिँदै विकास निर्माणको कार्य तिव्रता दिईने : प्रदेश २

img

जनकपुर । प्रदेश २ मा लकडाउनको समयमा पनि विकास निर्माणको कामलाई निरन्तरता दिईने भएको छ ।

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले लकडाउनको समयमा पनि पूर्वाधार निर्माणको कामलाई तिव्रता दिईने बताएका छन् ।लकडाउनको अवधिमा विकास निर्माणको कार्यलाई तीब्रता दिन उनले सरोकारबालाहरुसँग छलफल गरेका हुन् ।

मन्त्री सोनलले भने,’कोरोनाबाट जोगिँदै विकास निर्माणको कार्य पनि नरोकियोस् भन्दै तयारी तीब्र पारिएको हो।’ उनले सडक विस्तारतर्फ प्रदेश २ को एक जिल्लालाई अर्को जिल्लासँग जोड्ने, एक स्थानीय तहलाई अर्को स्थानीय तहसँग जोड्ने,कालोपत्रे सडकलगायतको विषयमा छलफल भएको बताए । लकडाउनको अवधिमा विकास निर्माणको काम सम्बन्धि तयारी गर्ने र सम्भव भए काम पनि अगाडि बढाइने उनले जानकारी दिए ।

छलफलमा मन्त्री सोनलसहित राज्यमन्त्री डिम्पल झा, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राजेन्द्र खनाल र महाशाखा प्रमुखहरुलगायतको सहभागिता थियो । संम्भार गाउँ सहर

img

Share: