• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

कपिलवस्तुमा थप २ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो

img

काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

कपिलवस्तुमा २ जना कोरोना संक्रमित बिरामी भेटिएपछि प्रदेशमा थप त्रास बढेको हो । योसहित प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ जना पुगेको छ ।

कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका २ युवकको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

उनीहरु मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षण भएको थियो । उनीहरु भारतको मुम्बईबाट एक साताअघि लुकीछिपी जिल्ला आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा भएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी