• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा एक जनप्रतिनिधि बेपत्ता

img

सप्तरी । लकडाउनकै बेला खडक नगरपालिकामा एक जनप्रतिनिधि बेपत्ता भएकी छन् । नगरपालिकाको वडा नम्वर ११ की महिला वडा सदस्य दुर्गाकुमारी साहले डेढ महिनादेखि बेपत्ता भएकी हुन् ।

दुर्गाकुमारी लकडाउन शुरु हुनु केहीदिन देखि परिवार र अन्य जनप्रतिनिधिको सम्पर्क नआएको वडाध्यक्ष रामकृष्ण चौधरीले जानकारी दिनुभयो । उनले प्रयोग गर्ने मोबाइल नलाग्ने अवस्थमा रहेको वडाध्यक्ष चौधरीले बताउनुभयो ।

एक वर्षअघि सम्वन्ध विच्छेद गरेकी दुर्गाकुमारी त्यसपछि बाहिर–बाहिरै बस्दै आएकी थिइन् । उनका ४ छोरी छन् । २० वर्षीया रंजना र २० वर्षीया रविनाको विवाह भइरहेको छ । ६ वर्षीया गुडिया र ८ वर्षीया सीता भने बुबा देवीलालसँगै बस्दै आएकी छन् ।

परिवारका सदस्यले उनको खोजी गर्न प्रहरीमा निवेदन दिएका छन् । संम्भार जनता समाचार

img

Share:
img

ताजा अपडेट

क्याटोगरी