• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

२४ घण्टाभित्र ४ हजार परीक्षण गर्दा ६२ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ३५७ पुग्यो

img

सप्तरी । नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अध्यावधिक विवरण अनुसार थप ५३ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा बाँकेमा ४७ जना र अन्य जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो सहित नेपालमा संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म ३० हजार ७ सय २३ जनाको पिपिआर परीक्षण गरिएको छ । यस्तै, ६९ हजार ५ सय ६० जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

गत २४ घण्टामा थप २ हजार ५ सय ५८ जनाको पिसीआर र १ हजार ७ सय ९१ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जम्मा ४ हजार ३ सय ४९ जनामा परीक्षण गर्दा ६२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

फागुन मसान्तसम्म ४ सय ५६ जनाको परीक्षण गरिएको थियो । मन्त्रालयले दिएको जानकारी अनुसार चैत्र मसान्तसम्म ५ हजार १ सय ८४ जना, वैशाख मसान्तसम्म २१ हजार ३ सय ४० जनाको परीक्षण गरिएको थियो भने जेठमा परीक्षणको दायरा बढाएर हालसम्म १ लाख बढीमा पिसीआर र आरडिटी विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९० जना क्वारेन्टाइनमा रहेको छन् । जस अनुसार प्रदेश १ मा १ हजार १ सय ८० जना, प्रदेश २ मा ३ हजार ८० जना, बागमति प्रदेशमा २ सय ८५ जना, गण्डकी प्रदेशमा ३ सय ९३ जना रहेका छन् । यस्तै, प्रदेश ५ मा १२ हजार ८ सय १५ जना, कर्णाली प्रदेशमा ७ सय ७ जना र सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ३० जना क्वारेन्टाइनमा रहेका छन ।

हालसम्म आइसोलेसनमा ४ सय १२ जना रहेका छन् । काठमाडौं उपत्यकामा २६ जना र उपत्यका बाहिर ३ सय ८६ जना रहेका छन् ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी