• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, सप्तरीमा संक्रमित संख्या ४२ पुग्यो

img

राजविराज । सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित संख्या ४२ पुगेकोे छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाकनेश्वरी नगरपालिकाका एक महिला सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
९ जना थपिएपछि डाकनेश्वरी नगरपालिकामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।


शनिबार थपिएकामध्ये सबैजना भारतबाट आएका र १८ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेको स्वास्थ्य प्रमुख यादवले बताए ।
शनिबार बिहानसम्म जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ । डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ मा ४५ वर्षिय पुरुष , वडा नम्बर ३ मा २० बर्षिय पुरुष , १८ बर्षिय महिला , वडा नम्बर ५ मा ३६ , २४, १८, २८ बर्षिय पुरुष , वडा नम्बर ८ मा ६०,२१ बर्षिय पुरुष , कोरोना संक्रमति भएको पुष्टी भएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी