• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार स्वास्थ्य

कोरोना भाइरस (कोभिड–१९) को ‘हटस्पट’ बन्दै विराटनगर

img

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोना भाइरस (कोभिड–१९) को ‘हटस्पट’ बनेको छ । शनिबार रातिसम्म विराटनगर महानगरपालिकामा २७८ जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये तीनजनाको मृत्यु भइसकेको छ ।

भोलिदेखि विराटनगर महानगर लकडाउन ...

६ साउनसम्म विराटनगरमा ३० जना मात्र संक्रमित थिए । उनीहरु भारत तथा तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु थिए । तर पछिल्लो १९ दिनमा विराटनगर महानगरपालिकाभित्र २४८ जना कोरोना संक्रमित थपिएका छन् ।
अधिकांश संक्रमित ट्राभल हिस्ट्री छैन । कोरोनाका कारण ज्यान गुमाएका विराटनगर–९ का दुई जना वडा नम्बर ५ का एक जनाको पनि ट्राभल हिस्टी भेटिएको छैन । ट्राभल हिस्ट्री नभएका धेरै संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकाले समुदायस्तरमा संक्रमण फैलिएको निष्कर्ष निकालेको छर शनिबारदेखि विराटनगरमा लकडाउन गरेको छ । परीक्षणको दायरा पनि बढाएको छ ।

शनिबारसम्म विराटनगरमा ३ हजार ५४५ जनाको पीसीआर जाँच भएको छ । दैनिक दुईसय जनासम्मको पीसीआर जाँचका लागि स्वाब संकलन गरिरहेको छ । प्रदेशमा परीक्षण गर्ने क्षमता सिमित भएकाले स्वाब संकलन धेरै गर्न नसकिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।सम्भार अनलाइनखवर

img

Share: