काठमाण्डौ । टेप चोरीको आरोप लागेका पत्रकार संग ऋषी धमला हैरान
डोटीबाट पढ्न आएका कृष्ण मल्ल जिवन धान्नकै लागि अहिले काठण्डौमा संघर्ष गरिरहेका छन् । तर, छुचो स्वभाव, आफनैलाई सिद्याउने प्रवृती र स्वार्थका लागि जस्तो सुकै कदम चाल्न सक्ने अवसरवादी चरित्रका कारण उनलाई एकपछि अर्को असफलता नै हात लागेको छ ।
सुरुवाती चरणमै उनी विवादीत वने। त्रिचन्द्र कलेजमा अध्ययन गर्दा अन्तरघात गरेको आरोपमा आफनै साथीभाइको टिमबाट हटाइए। अध्ययनलाई विट मारेर कहिले शिक्षक, कहिले साहित्यकार र गायक बन्ने भन्दै लागे पनि असफलता वाहेक केहि हात लागेन । कतैवाट पार नलागेपछि विदेश जान खोजेका मल्ल त्यता पनि सफल हुन सकेनन् । त्यसपछि पनि उनले धेरै क्षेत्रमा काम गरे। तर उनको आफ्नै स्वभावका कारण कुनै पनि क्षेत्रमा सफलता पाएका छैनन्।
अन्ततः उनी पत्रकारीताको आडमा दुनो सोझो पार्ने प्रयासमा लागेका छन् । सञ्चार क्षेत्रमा पनि उनलाई हेर्ने नजर सकारात्मक नभएपछि उनलाई टिक्न हम्मे–हम्मे परेको छ । आफु काम गर्ने संचारमाध्यमलाई नै घात गर्न थालेपछि यो अवस्था आउनु स्वभाविकै हो । उनी एकपछि अर्को संचार माध्यमबाट निकालिदै गएका छन् ।
उनलाई आन्तरिक सूचना चुहाएको अरोपमा धेरै ठाउँबाट निकालिएको पनि छ । पैसा लिएर अन्तरीक सूचना बेचेकोसम्मका आरोप उनी माथि छन् । सूचना चुहाएकै आरोपमा एचबीसी एफएमले उनलाई गलहत्याएको थियो । त्यसपछि उनले धेरै साप्ताहिक पत्रिकामा पनि काम गरेका छन् । तर, कुनै पनि मिडियामा उनले आफनो खुसीले काम छोडेको रेकर्ड छैन। हरेक ठाउँमा उनलाई कुनै न कुनै आरोपमा निकालिएको छ ।
उनले संचारमाध्यममा टिकिरहन प्रयासै नगरेको भने होईन। सोहि प्रयासमा उनले सगरमाथा टेलिभिजनका मालिकहरु निर्मल गुरुङ, अनिल जोशी र सुभशंकर कँडेलबीचमै फाटो ल्याए। कँडेलले सगरमाथाबाट छुट्टीएर एबीसी गठन गरेपछि अन्य दुई सञ्चालकलाई पनि उनले एक ठाउँ हुन दिएनन्। मालिकसँग चाप्लुसी गर्ने र एकको कुरा अर्कोलाई पुर्याउने कर्म गरेर उनले तत्कालिन जिल्ला ब्यूरो संयोजक एकिन्द्र कुँवरलाई चिप्लाए। आफनै सहकर्मी कुवरलाई हटाउँन लगाएर आफै संयोजक वने ।
जिल्ला संयोजक हुँदा पनि संवाददाताहरुमाथी दूब्र्यबहार गर्ने, झोकीने गरेपछि उनी विरुद्ध व्यवस्थापनमा कयौ पटक उजुरी परे। जिल्ला सम्बाददाताहरुले समाचार पठाएका डिभि टेप फिर्ता नगर्ने र संचारमाध्यममा भएका डिभि चोरी गर्नेसम्मका हर्कत उनले सुरु गरे। प्रसारण नै नभएका रिर्पोट तथा समाचारहरुको नाममा पैसा निकासा गरी अपचलन गरेको आरोप लाग्यो । अन्तरवार्ताको नाममा केही व्यक्तिहरुसंग पैसा मागेको उजुरी परेपछि ब्यबस्थापनले अन्तरवार्तामै प्रतिबन्ध लगायो।
यस वाहेक संस्थाभित्र गुटबन्दी गरेपछि उनलाई डेस्कबाट कठालो समातेर निकालिएको थियो । सगरमाथाबाट निकालिएपछि उनले हिमालयन टेलिभिजनमा कब्जा जमाए । त्यहा पनि उनले गुटबन्दी गर्ने र एक–अर्कामा भिडाउने कामलाई निरन्तरता दिए । उनैले विजारोपण गरेको गुटबन्दी र अविश्वासका कारण अन्त्यमा टेलिभिजन नै धारासायी वन्यो ।
नयाँ व्यवस्थापन आएपछि उनलाई ‘टेलिभिजको भाईरस’ करार गरेर निकालियो । अहिले उनि प्राईम टेलिभिजनमा कार्यरत छन् । प्राइम टेलिभिजनका संचाललक ऋषी धमलाको पनि टाउको दुखाई बनेका मल्लाकोप्रबन्ध निर्देसकसंग पनि सम्वन्ध राम्रो नभएको हल्ला सुरु भएको छ । टेलीभिजनवाट उनी कहिले वाहिरिन्छन्, त्यो भने हेर्न वाँकी छ। उनी त्यहा पनि कुरा लाउने, संचारमध्यमलाई नै घात पुर्याउने, दूब्र्यबहार गर्ने, झोकीने र समाचारहरुको नाममा पैसा निकासा गरी अपचलन गर्ने जस्ता काम गर्ने गरेको बुझिन्छ।
यता, राजनितिक आस्थाका हिसावले मल्ललाई नेपाली काँग्रेस निकट मानिन्छ। तर, त्यहाँ पनि उनलाई राजावादीको आरोप लाग्छ । उनले कांग्रेसको खोल ओढेर डेट एक्स्पायर शक्तिका लागि काम गर्ने गरेको कांग्रेसीहरु नै वताउँछन् ।