• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार स्वास्थ्य

जेसीज सप्ताहको दोस्रो दिन कारागारका कैदीबन्दीलाई स्वास्थ्य सामाग्री बितरण

img

सप्तरी ।जेसीज रावविराजले शुक्रवार सप्तरीस्थित कारागारका कैदीबन्दी, प्रहरी र कर्मचारीहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । जेसीज सप्ताहको दोस्रो दिनको कार्यक्रम अन्तर्गत राजविराज कारागारका कैदीबन्दी, प्रहरी र कर्मचारीहरुलाई स्यानिटाइजर, सेनेटरी प्याड र मास्क उपलब्ध गराएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष शंकर शारदा र राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालले कारागारका निमित्त प्रमुख संजयकुमार रामलाई सो सामाग्री हस्तान्तरण गरेका छन् ।

फोटो सम्भारः जेसीस राजविराज

१० लिटर स्यानिटाइजर, ४ कार्टुन मास्क र ४० पोका सेनेटरी प्याड लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको कार्यक्रम संयोजक सिद्धार्थ तातेडले जानकारी दिए । महासचिव एवम् जेसीज सप्ताह मूल समारोह समितिका संयोजक खेलानन्द दासद्वारा सञ्चालिन कार्यक्रमका संयोजक तातेडले स्वागत गरे ।

सामुहिक रुपमा राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष मीना साहले आस्था पाठ गरिन् । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरलगायतको उपस्थिती थियो । राजविराज कारागारमा १ आश्रित बालक र १७ महिलासहित ३ सय ७० जना कैदीबन्दी छन् ।

img

Share: