• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

भन्सार छलेर ल्याएको २४६० किलो चिनी, चार जना पक्राउ

img

बिराटनगर । मोरङमा भन्सार छलेर ल्याएको दुई हजार चार सय ६० किलो चिनीसहित चारजना पक्राउ परेका छन् ।
मोरङ धनपालथान गाउँपालिका ४ का सुनील राजवंशीको गोदामअगाडि बरन्डामा भारतको कुवाडीबाट अवैध रूपमा भन्सार छलेर चोरी गरी ल्याई नेपाली बोरामा भरीरहेको (पल्टी गरिरहेको) अवस्थामा चिनी बरामद भएको हो ।

भन्सार छलेर ल्याएको २४६० किलो चिनीसहित ४ जना पक्राउ

चिनी र चिनी पल्टी गर्ने चारजना, चिनी ल्याउन प्रयोग गरिएका तीनवटा मोटरसाइकलसमेत जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बरामद गरेको छ ।

पक्राउ पर्नेमा रंगेली नगरपालिका १ का २१ वर्षीय अभिषेककुमार साह, धनपालथान गाउँपालिका २ का १७ वर्षीय दीपककुमार मण्डल, १८ वर्षीय अर्जुनकुमार मण्डल र १९ वर्षीय रुपेश मण्डल छन् । उनीहरुले प्रयोग गर्ने को.१८प ५७४३, को.२२प १६४४ र को.११प ६६५९ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी