सप्तरी । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गरेको छ । देशका राजधानी लगायत देशभरका सबै निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गरेको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको कांग्रेसले आज देशभर विरोध प्रदर्शन गरेको हो ।
पार्टीका निर्देशनमा आज सप्तरी निर्वाचन क्षेत्रमा क्षेत्रियस्तरका बिरोध कार्यक्रय आयोजना गरेका छन । संसदीय निर्वाचन क्षेत्र नम्वर १ को भारदह, संसदीय निर्वाचन क्षेत्र नम्वर २ को राजविराज, संसदीय निर्वाचन क्षेत्र नम्वर ३ को रुपनी र संसदीय निर्वाचन क्षेत्र नम्वर ४ को मधुवनी धातीमा प्रदर्शनसहित विरोध सभा आयोजना गरिएको छ ।
सप्तरीका अधिंकाश कार्यक्रम सडकमा आयोजना गरेका थिए । भारदह, रुपनी, राजविराज ,मधुवनी धाती, लगाइतका क्षेत्रमा पार्टी केन्दीय नेताहरु ले प्रदर्शनलाई संबोधन गरेका छन ।
प्रदर्शनपछि नेताहरुले संबोधन गरेका छन् । संबोधनमा अधिकांश नेताहरुले संसद विघटनलाई असंवैधानिक र अरानितिक भन्दै बल सर्वोच्चको कोटमा पुगेका बताएका छन् । सर्वोच्च अदालतले संसदलाई व्युँत्याउने नेताहरुको अपेक्षा छ ।