• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा समाचार

बालअधिकार चेतना समूहको निबन्ध प्रतियोगिता सम्पन्न

img

सप्तरी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको आयोजनामा राजविराजमा बालअधिकार चेतना समूहको कार्ययोजना अनुसार निबन्ध प्रतियोगिता सम्पन्न गरियो ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी परियोजनाअन्तर्गत विद्यार्थीहरूकै योजना अनुसार सञ्चालन गरिएको निबन्ध प्रतियोगितामा पब्लिक विन्देश्वरी माध्यमिक बिद्यालय राजविराजका २१ जना विद्यार्थीहरूसहभागी गराए थिए ।

“स्वास्थ्य नै धन हो” विषयक निबन्ध लेखन प्रतियोगितामा कक्षा ९ का प्रदिपकुमार खंग प्रथम, अम्बिका झा द्वितिय, आशुतोष यादव तृतिय र कञ्चनकुमारी यादव सान्तवना पुरस्कारबाट पुरस्कृत गरिएका थिए ।

प्रतियोगिताको निर्णायकको भूमिका सोही विद्यालयका शिक्षक गिरीराज पौडेल, साहित्यकार एवम् इन्सेक प्रतिनिधी मनोहर पोखरेल र मानवअधिकार निगरानी समूहका अध्यक्ष रघुवर साहले निर्णय गरेका थिए ।

प्रतियोगितामा सहभागी बिद्यार्थीहरूले पैसा वा सम्पति भए पनि स्वास्थ्य ठिक नभए काम नलाग्नेमा जोड दिए । अभावमा सुखी रहन सकिने तर अस्वस्थ भए सुखी रहन नसकिने उल्लेख गरेका सहभागीहरुले राम्रो स्वास्थ्यको लागि नियमित र सुनियोजित जीवनशैली राख्न आवश्यक रहेको बताए ।

प्रतियोगिताका पुरस्कृत छात्रछात्राहरूलाई मानवअधिकार निगरानी समूहका अध्यक्ष साह, इन्सेक प्रतिनिधी पोखरेल, शिक्षक पौडेल, निगरानी समूहकी राधा अर्यालले पुरस्कार वितरण गरेका थिए ।

img

Share: