• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध संविधानसभा सदस्यहरूले हस्ताक्षर अभियान सुरु

img

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संविधानसभा सदस्यहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्। पहिलो र दोस्रो दुवै संविधानसभामा सदस्य रहेकाहरूले हस्ताक्षर गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने कार्यक्रम रहेको संविधान सभा सदस्य मञ्चकी अध्यक्ष कल्पना धमलाले बताइन्।

संविधानसभा बैठक सुरु हुनासाथ आज पनि नाराबाजी – Kathmandutoday.com

संविधान सभा सदस्य मञ्च, नेपालले हस्ताक्षर अभियान सुरु गरेको हो । प्रतिनिधिसभा विघटन गैर संवैधानिक कदम भएको कुरामा सहमत हुनेहरुको हस्ताक्षर संकलन गरिने उनले बताइन् । ‘बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने संविधान निर्माणकर्ताहरूको विधायकी मनशाय होइन,’ उनले भनिन्, ‘त्यही भएर हामीले हस्ताक्षर अभियान सुरु गरेका हौं।’

उनले प्रधानमन्त्री ओलीको कदमविरुद्ध हस्ताक्षर गर्न चाहने संविधानसभाका सदस्यहरूको स्वेच्छाले हस्ताक्षर गराइने बताइन्। अभियानमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायत १८ जना संविधानसभाका सदस्यहरुले हस्ताक्षर गरिसकेका छन्।

img

Share: