• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

धादिङको पहिरोमा : ५ वटा सवारी साधन पुरिए, २ जनाको मृत्यु

img

काठमाण्डौ । अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । गएराति पृथ्वी राजमार्गको धदिङस्थित जवाङ खोलामा पहिरो जादाँ ५ वटा सवारी साधन पुरिएका छन् भने २ जनाको ज्यान गएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. १० मा गएको उक्त पहिरोमा परि अन्य ६ जना घाइते भएको गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले जानकारी दिए।

उनकाअनुसार चितवनका १ जना र भारतकी एक जना महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गजुरीबाट गएको टोलीले उद्दार गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृत्यु हुनेमा ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिकाका बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवी रहेका छन्।

पहिरोमा ना ७ ख ३२० नम्बरको कन्टेनर, ना ८ ख ४५४० नम्बरको ट्रक बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, बा १ ग २८३१ नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

img

Share: