• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

प्रधानन्यायाधीशको प्रश्न कुनै अमुक व्यक्तिको बहुमत छ प्रधानमन्त्री नियुक्त गर भनेर अदालतले अभ्यास गर्न मिल्छ?

img

काठमाण्डौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कुनै अमुक व्यक्तिको बहुमत छ प्रधानमन्त्री नियुक्त गर भनेर अदालतले अभ्यास गर्न मिल्छ ? भनेर प्रश्न गरेका छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवासायी मेघराज पोखरेललाई उनले यस्तो प्रश्न गरेका हुन्।
अदालतमा १४६ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको भन्दै उनले यसैलाई आधार मान्न मिल्छ भनेर प्रश्न गरेका हुन्।

न्यायाधीश चोलेन्द्रबाट इजलास बहिष्कार « ABC NEWS NEPAL | No.1 News channel  of Nepal

१४६ जना यहाँ उपस्थित भयौं। अदालतले प्रमाणिकरण गरिदिए हुन्छ भन्ने तर्क आयो। अदालतले यो अभ्यास गर्न राम्रो हुन्छरु अदालतले बहुमत छ नियुक्त गर भन्ने अभ्यास गर्न मिल्छ? धारा ७६९५० ले यही भनेको हो , प्रधानन्यायाधीश राणाले सोधे।

img

Share: