• img
  • img
img img img
Categories
विजनेश समाचार

लगातार पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको मारमा उपभोक्ता

img

काठमाण्डौं ।पछिल्लो एक वर्षदेखि लगातार पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको मारमा उपभोक्ता परेका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य बढेकाले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घरेलु बजारमा बढेको बताए पनि त्यसको असर भने उपभोक्तमा पर्न गएको हो।

नेपाल आयल निगमको प्रवक्तामा उपाध्याय – Dcnepal

गत वर्ष साउन महिनामा १०५ रुपैयाँ रहेको पेट्रोलको मूल्य बढेर १२९ पुगेको छ। सो अवधिमा ९१ रुपैयाँ रहेको डिजेलको अहिले ११२ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १३ सय ५० रुपैयाँ रहेको ग्यासको मूल्य बढेर १४ सय २५ रुपैयाँ कायम भएको छ। गत वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएको निगमको दावी छ।

तर, निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाउँदा त्यसको असर उपभोक्तामा पर्न गएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा अत्यावश्यक वस्तुको ढुवानी लागत महँगो भएको छ र त्यसको मूल्य उपभोक्ताले तिर्नु परेको छ। निगमले लगातार इन्धनको मूल्य बढाएको भन्दै त्यसको चौतर्फी विरोध भएको छ ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रमान वज्राचार्य लगातार रूपमा इन्धनको मूल्य बढ्दा ढुवानी लागत बढी अत्यावश्यक वस्तुको मूल्य बढ्ने बताउँछन् । लगातार इन्धनको मूल्य बढेपछि सवारीसाधनको भाडासमेत बढ्ने देखिन्छ। लागत बढेपछि ढुवानी भाडा, ज्याला, बढेकाले सामानको मूल्य पनि स्वतः बढ्ने उनको भनाइ छ । बारम्बार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले यातायात व्यवसायीले पनि पनि गाडी भाडा बढाउन माग गरिरहेका छन्।

img

Share: