• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

सर्वोच्च अदालतको फैसलाअनुसार भोलिदेखि सरकार गठनकाे प्रक्रिया थाल्ने

img

काठमाडौं । विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलाअनुसार मंगलबारदेखि नै नयाँ सरकार गठनको प्रक्रिया थाल्ने भएको छ । एमाले नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा बसेको गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो ।

भोलिदेखि सरकार गठनकाे प्रक्रिया थाल्ने विपक्षी गठबन्धनको निर्णय

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अब शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउन प्रक्रिया थाल्ने निर्णय गरेको जानकारी दिए ।

‘यो गठबन्धकै सरकार हुनेछ, त्यसलाई कसरी बढी प्रभावकारी र नयाँ ढंगले लिएर जाने र जनताका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर तयारी गरेर अघि बढ्ने निर्णय गरिएको छ,’ उनले भने ।

भट्टराईले राष्ट्रिय एकता कायमका लागि प्रयत्न गर्ने पनि बताए । सरकारमा माधवकुमार नेपाल सहभागी हुने या नहुने भन्नेबारे कुनै खुलाइएको छैन ।

img

Share: