• img
  • img
img img img
Categories
मनोरञ्‍जन समाचार

सञ्जय दत्तको जन्मदिनका अवसरमा ‘केजिएफ–२’ पोस्टर सार्वजनिक

img

एजेण्ट । अभिनेता सञ्जय दत्तले समय नदिएका कारण केजीएफ–२ को प्रदर्शन मिति तय हुन सकेन भन्दै केहि दिनअघि मिडियामा व्यापक समाचार सार्वजनिक भएको थियो ।
त्यसको केहि दिनमै अर्थात आज सञ्जय दत्तको जन्मदिनका अवसरमा ‘केजिएफ–२’ निर्माताले उक्त चलचित्रको पोस्टर सार्वजनिक गरेका छन् । यसलाई धेरैले दत्तको जन्मदिनका अवसरमा दिइएको विशेष गिफ्टका रुपमा व्याख्या गरेका छन् ।

दर्शकको प्रतिक्षालाई ध्यानमा राखेर सार्वजनिक पोस्टरमा सञ्जय हातमा तरवार बोकेका लडाकुको हुलियामा छन् ।

सञ्जय दत्तको जन्मदिनमा ‘केजिएफ–२’ को नयाँ पोस्टर

आज सञ्जय दत्तले आफ्ना आफन्तका साथमा बलिउडका चर्चित कलाकारका साथै विश्वभरका लाखौं प्रशंसकहरुबाट शुभकामना पाइरहेका छन् ।

यस अवसरमा उनले विभिन्न व्यक्तिबाट पनि उपहार पाइरहेका छन् । तर, केजीएफ निर्माताले पोस्टर सार्वजनिक गरेर विशेष उपहार प्रदान गरेको भारतिय सञ्चारमाध्यमले भनेका छन् ।

‘केजिएफ’ले अपार सफलता हात पारेको थियो । सोहि कारण ‘केजिएफ–२’ बहुप्रतिक्षित चलचित्र बनेको हो ।

यो चचित्रलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । भारतिय चचित्र इतिहासमै हालसम्मकै सर्वाधिक महँगो बजेटमा यो चलचित्र निर्माण गरिएको भनिएको छ ।

चलचित्रमा यश र श्रीनीधि शेट्टी, रविना टन्डन प्रमुख भुमिकामा देखा पर्नेछन् । सञ्जय दत्त भने खलनायकको भूमिकामा देखिनेछन् ।

img

Share:
Tags