• img
  • img
img img img
Categories
कृषि समाचार

जुम्लाले गर्यो लाखौं मूल्यको जडिबुटी निर्यात

img

जडिबुटीको प्रचुर सम्भावना रहेको जुम्लाबाट २० टन जडिबुटी निर्यात भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा जुम्लाका ८ स्थानीय तहमा संकलन भएको २० टन भन्दा बढी जडिबुुटी जुम्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको हो । जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकाका विभिन्न पाटनमा सबै भन्दा धेरै जडिबुटी पाइन्छ ।

विशेषगरी गुठिचौर र पातारासीका नागरिकको मुख्य आयस्रोतको माध्यम नै जडिबुडी संकलन हो । कोरोना कहरका बीचपनि जुम्लाका नागरिकले गत वर्ष जटिबुटी संकलनबाट राम्रो कमाई गरेका छन् । यद्दपी कोरोनाका कारण धेरै पाटनमा जडिबुटि संकलनमा रोक लगाएपछि धेरैको रोजीरोटी गुमेको छ ।


तर डिभिजन वन कार्यालय जुम्लाको तथ्यांकअनुसार कोरोना महामारीकै बीचमा पनि जुम्लामा गत आवमा विभिन्न २० प्ररकारका २० टन २ सय क्विन्टल जडिबुटी संकलन तथा निर्यात भएको छ । जसमा सबैभन्दा बढी धुपी साढे २ टन निर्यात भएको छ । त्यसैगरी सेचक चिनी साढे २ टन, चिराइतो ९ क्विन्टल, तितेपाती साढे २ टन, सुनपाती ३ टन, पाखनबेद साढे २ टन, सुगन्धवाला (सुमायो) १ टन ५ क्विन्टल निर्यात भएको छ ।

जुम्लाका ७३ जना व्यापारी तथा स्थानीयले गत आवमा जडिबुटी संकलन तथा बिक्री गरेको वन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

img

Share:
Tags