• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मतदाता नामावली अद्यावधिक कार्यक्रम

img

राजविराज। जिल्ला निर्वाचन कार्यालय सप्तरीले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ । आगामी वैसाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनको पुर्वतयारी स्वरुप निर्वाचन कार्यालयले जिल्लाका १८ वटै स्थानीय तहका मतदाताका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको हो ।

सप्तरीमा ५६ हजारभन्दा बढी मतदाता थपिए - मधेश लाइभ

निर्वाचनको तयारी स्वरुप जिल्ला निर्वाचन कार्यालयले आइतवार राजविराजमा मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रम सम्वन्धी अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले यही फागुन २० गतेदेखि २६ गतेसम्म मतदाता नामावलीमा भएका त्रुटिहरुलाई सच्याउनका लागि मतदाता नामावली ऐन २०७३ को दफा १३, १४, १५, १६ र १८ बमोजिम मतदाताहरुले निवेदन दर्ता गराउन सकिने जानकारी दिए ।

जिल्लामा ४ लाख १३ हजार ८ सय ९२ जना मतदाता संख्या रहेकोमा ती मतदाताहरुको नामावलीमा केही त्रुटि भए, झुठो विवरण पेश गरि मतदाता परिचयपत्र प्राप्त गरेको भए अथवा नागरिकता त्याग गरेको मतदाताहरुले आफ्नो नामावली सच्याउनको लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने उनले बताए ।

उनले दाबी विरोधको लागि ७ दिनको समय निर्वाचन आयोगले दिएपनि विभिन्न शीर्षकमा फरक फरक समय तोकिएको बताए । मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि मतदाताहरुले फागुन २०, २१ र २२ गते तीन दिन मात्रै निवेदन दिन पाउने व्यवस्था रहेको छ भने नागरिकता त्याग गरेकाहरुले आफ्नो मतदाता नामवालीबाट नाम हटाउनका लागि फागुन २०, २१, २२ र २३ गरी ४ दिनसम्म निवेदन दर्ता गराउन सकिने उनले बताए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी