• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय राष्ट्रीय समाचार

युक्रेनले रुसका विरुद्ध १ लाख सेना परिचालन गर्यो

img

एजेन्सी । रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ ।रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको छ । त्यस्तै आइतबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए ।

Russia-Ukraine Conflict LIVE: यूक्रेन ने कहा- राजधानी कीव में घुसी रूस की सेना, गोलीबारी और धमाके की खबर

यहाँका सेना प्रमुख भेलरी जालुज्नीले सो कुराको जानकारी दिनुभएको छ । उहाँले फेसबुकमार्फत् भन्नुभएको छ– युक्रेनले १ लाख भन्दा बढी सैनिक परिचालन गरेको छ र तीमध्ये अधिकांश सीमा सुरक्षा क्षेत्रमा कार्यरत सेना रहेका छन् ।अहिले पनि रुसको सेनाले युक्रेनको राजधानी किभ सहर घेरा हालेका बताइएको छ । रुसले आफूलाई पक्राउ गर्न खोजेको तर सफल नभएको युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्की बताउनुभएको छ ।

Astrology Predictions Conflict Between Russia And Ukraine : Astrology  Predictions Conflict Between Russia And Ukraine | Russia Ukraine Conflict  रूस ने यूक्रेन पर हमला बोला, जानिए भारत पर क्‍या होगा इसका असर -

रुसले आक्रमण गरेको आज चौथो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ ।यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरुमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।

यसअघि युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यहाँ आम रूपमा सेना परिचालनको आदेश दिनुभएको छ ।यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ । उता रुसले आत्मसमर्पण गर्न युक्रेनी राष्ट्रपतिलाई भनेको छ ।

img

Share:
Tags