• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

जनयुद्धमा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मान

img

सप्तरी । मधेश प्रदेश सरकारले जनयुद्धमा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ ।

विहिवार सप्तरीको राजविराजमा आयोजना गरिएका एक कार्यक्रमबीच आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानले संयुक्त रुपमा जनयुद्धका १२ सहिद परिवारलाई एक–एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

सो कार्यक्रममा मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनयुद्धका सहिद परिवारलाई तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारको निर्णयअनुसार पहिलो चरणमा एक–एक लाख प्रदान गरिएको बताए ।

दोश्रो चरणमा बाँकी रकम प्रदान गरिने उनले जानकारी दिए । जनयुद्धको क्रममा यस प्रदेशमा ५ सय ४२ जनाले ज्यान गुमाएका थिए । ती परिवारलाई पनि क्रमिक रुपमा आर्थिक सहयोग प्रदान गरिने प्रतिष्ठानकी सदस्य कविता ठाकुरले जानकारी दिइन् ।

मधेश सरकारले यसअघि मधेश आन्दोलनका सहिद परिवार र घाइतेहरुलाई आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका सप्तरी इन्चार्ज एवम् संविधानसभा सदस्य अशोककुमार मण्डल ‘अमर’, लगाइत प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मन्तव्य राखेका थिए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी