• img
  • img
img img img
Categories
मनोरञ्‍जन

एक्सन इन्टरटेनर फिल्म ‘अट्याक’ अप्रिल १ मा सिनेमा हलमा रिलिज

img

काठमाडौं । बलिउड अभिनेता जोन अब्राहम स्टारर एक्सन इन्टरटेनर फिल्म ‘अट्याक’ अप्रिल १ मा सिनेमा हलमा रिलिज हुन तयारीमा अवस्थामा छ । यो फिल्मको सोमबार ट्रेलर सार्वजनिक गरिएको छ ।

अटैक फिल्म कब रिलीज होगी, आ रही जॉन अब्राहम की नई फिल्म अटैक

‘अट्याक’मा जोनका अलावा ज्याकलिन फर्नान्डेज र रकुल प्रीत सिंह मुख्य भूमिकामा छन् । लक्ष्य राज आनन्दद्वारा निर्देशित फिल्म ‘अट्याक पार्ट १’ एक मेगा रिलिज हो । एक्सन र ड्रामाले भरपूर यो फिल्म एक्सन ओरियन्टेड छ ।
फिल्मको कथा एक यस्तो संसारमा आधारित छ, जहाँ आगामी समयमा कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’द्वारा युद्ध लड्न जाँदैछन् ।

‘अट्याक’लाई लिएर अभिनेता जोन अब्राहम निकै उत्साहित छन् । भारतीय सञ्चारमाध्यमसँग उनले भनेका छन्, ‘यो फिल्म मनोरञ्जनको एक स्वदेशी अवधारणा हो । यसको कहानी हामी सजिलै बुझ्दछौं । ‘अट्याक’मा जबरजस्त एक्सनका दृश्य छन्, यसमा अरु थुप्रै सरप्राइज छन्, जसलाई हामीले अहिले बताएका छैनौं ।’

img

Share:
Tags