• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरी–२ मा डा. सिके राउतले चुनाव लड्ने उद्घोष

img

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने उद्घोष गरेका छन् । मूलधारको राजनीतिमा आएर उम्मेदवारी घोषणा गरेका राउतको पुख्र्याैली घर यसै क्षेत्रमा पर्ने महादेवा गाउँपालिका वडा नं. २ मा छ ।

राउतले चुनाव लड्न लागेको यो त्यही क्षेत्र हो जहाँबाट गत चुनावमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव १० हजार मतान्तरले निर्वाचित भएका हुन् ।

२१ हजार ६२० मत ल्याएर यादव निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका उमेशकुमार यादवले ११ हजार ५८० मत ल्याए । स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४५८ मत पाए ।

हुन त पछिल्लो समयमा यो क्षेत्रमा कसैले पनि दोहो¥याएर नजितेको इतिहास छ । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन सद्भावना पार्टीबाट महेश यादव निर्वाचित भएका थिए । दोस्रो संविधानसभाको निर्वाचनमा महेशले जम्मा ४६ मत प्राप्त गरे । त्यतिबेला नेकपा माओवादी केन्द्रका उमेश यादव निर्वाचित भएका थिए । तर उनी २०७४ को निर्वाचनमा उपेन्द्र यादवसँग हारे ।

 

तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहले समेत यो क्षेत्रबाट जितलाई निरन्तरता दिन सकेनन् । २०४८ को आम निर्वाचनमा जितेका उनी २०५६ को निर्वाचनमा भने पराजित भए । त्यस बेला नेपाली कांग्रेसका रामकुमार चौधरी निर्वाचित भएका थिए ।

img

Share: