• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

उपेन्द्र र सीके राउतविरुद्ध एमालेले उठाउँदै देवनारायण यादव

img

सप्तरी । सप्तरी-२ को चुनावी भिडन्तको परिदृश्य रोचक बन्ने सम्भावना बढेर गएको छ । तीनवटा मधेस आन्दोलन हाँकेका उपेन्द्र यादवलाई चुनौती दिन जनमत पार्टीका अध्यक्ष सीके राउत अघि सरेका छन् । लोसपाका जयप्रकाश ठाकुर यसअघि नै खडा छन् । अब यी तीनै प्रत्याशीविरुद्ध एमालेले खडा गर्दैछ देवनारायण यादवलाई ।

यादवको नाम धेरैलाई तिलाठी काण्डपछि थाहा भएको हो । भारतीय सीमा सुरक्षाबलका जवानसँग खाँडो नदीको बाँध निर्माण तथा अतिक्रमणविरुद्ध  ज्यान बाजी राखेर भिडेपछि यादव चर्चामा आएका हुन् । तिलाठीमा उनको सामान्य घर छ, जहाँ एमालेले आकर्षक सम्मानपत्र झुन्ड्याइदिएको छ ।

अब आसन्न आम चुनावमा एमालेले आफ्नो प्रतिनिधिसभा उम्मेदवारका रुपमा यादवलाई उठाउने बचन दिएको छ । अनलाइनखबरसँग यादवले यसबारे जानकारी दिँदै भने, ‘अध्यक्षज्यूले बालकोटमै बोलाएर उम्मेदवार बनाउने बचन दिनुभएको छ । निर्वाचन क्षेत्रमा गएर तयार गर्न निर्देशन दिइसक्नुभएको छ । अब म जाँदैछु ।’

यादवले २०७३ सालकाे बर्खायाममा तिलाठीमा भारतीय पुलिसको कुटाई खाएपछि एमालेले काठमाडौं ल्याएर उपचार गरेको थियो । उनलाई राष्ट्रियता रक्षाकाे प्रतीक मान्दै ओेलीले सम्मान पनि गरेका थिए । त्यसयता  यादव निरन्तर सीमा रक्षाका पर्याय बनेर संघर्षरत थिए ।

यसअघि सप्तरी २ बाट जितेका उपेन्द्र यादव, अनि तिलाठी नजिकै महादेवा घर भएका सीके राउतजस्ता हेभिवेट, अनि तत्कालीन तमलोपाबाट पूर्वमन्त्री बनिसकेका जयप्रकाश ठाकुरविरुद्ध लड्नु यी लो प्रोफाइल आकांक्षीलाई सजिलो त हुने छैन । —अनलाइनखबर बाट

img

Share: