महोतरी । सरकारले आगामी मङ्सिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ।विभिन्न दलका उम्मेदवार चयन , चुनाव क्षेत्र तथा जित–हारको सम्भावित र प्रतिस्पर्धीहरूका बारेमा पनि जोडघटाउ गर्ने थालेका छन।
महोतरी क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा ले एकै ठाउँबाट उम्मेदवारी दिने चर्चा सुरु भएको छ । ठाकुरले २०७४ सालको चुनावमा काँग्रेससगँ गठबन्धन गर्दा महोत्तरी क्षेत्र ३ बाट भारी मतान्तरले विजयी भएका थिए तर महन्त ठाकुर एस पटक स्वास्थ अवस्था राम्रो नभएको ले चुनाव नलडने बिचारमा पार्टी निकट श्रोत बाट जानकारी भएको छ।उनी समानुपातिक बाट जाने बिचारमा छन।
झा यसपालीे केन्द्र या प्रदेश जे मा भएपनि लड्ने निश्चित गरेका छन । तर यस पटकको चुनावमा उपेन्द्र यादवले दिपेन्द्र झालाई केन्द्रबाट नै लड्न सुझाव दिएका छन।