• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

आजदेखि मतदाता नामावली अद्यावधिक

img

काठमाडौं । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्दै छ।

आजदेखि मतदाता नामावली अद्यावधिक

यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ। नामावलीमा रहेको त्रुटि सच्याउन, प्रकाशित नामावलीमा कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन र कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भए एक स्थानमा मात्र नाम कायम राख्न भदौ १३ देखि १५ सम्म सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने  आयोगले जनाएको छ।

यसै गरी मृत्यु भएका एवं नागरिकता त्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाउन भदौ १३ देखि १६ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ।

img

Share: