• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीका प्रदेश सभा सदस्यका तीन ठाउँमा जनमत बिजायी

img

जनकपुर । सप्तरीको क्षेत्र नं. 3 (ख) मा जनमत पार्टीका उम्मेदवार ईन्जिनियर शम्भु साह निर्वाचित भएका छन् ।

उनले जसपाका उम्मेदवार निवर्तमान प्रदेश सांसद विशेश्वर प्रसाद यादवलाई ४८ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका छन् ।

सप्तरी क्षेत्र नम्वर २ (क) बाट जनमत पार्टीका उम्मेदवार सतिश कुमार सिंह निर्वाचित भएका छन् । सिंहले १६ हजार ७३४ मतका साथ निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार शैलेन्द्र प्रसाद साहले ८ हजार २९२ मत ल्याएका छन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सरोजकुमार मण्डलले ६ हजार १३२ मत प्राप्त गरेका छन् । उता, २ (ख) मा पनि जनमत पार्टीकै उम्मेदवार निर्वाचित भएका हुन् ।

क्षेत्र नम्वर २ (ख) बाट जनमत पार्टीका उम्मेदवार महेशकुमार यादव निर्वाचित भएका छन् ।

यादवले १३ हजार ३२५ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ७ हजार २३ मत ल्याएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार लक्ष्मण यादवले ५ हजार ६२१ मत प्राप्त गरेका छन् ।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी