• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

२०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि युक्रेनका राष्ट्रपति

img

काठमाडौं । सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पाएका छन् । विश्वप्रसिद्ध म्यागेजिन टाइमले जेलेन्स्कीलाई उक्त उपाधि दिएको हो ।

यो उपाधि पछिल्लो १२ वर्षदेखि विश्व घटनामा सबैभन्दा बढी प्रभाव पारेको व्यक्तिलाई दिने गरिन्छ । सन् २०२२ को यो उपाधिका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ लगायतका नेताहरु नोमिनेसनमा परेका थिए ।

we are defending our state alone like yesterday says Ukrainian President  Volodymyr Zelensky - International news in Hindi - US के साथ न देने से दुखी  यूक्रेन के राष्ट्रपति, बोले- हम कल

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले गरेको आक्रमणको डटेर सामना गर्दै आएका छन् । त्यसैले उनी यो उपाधिका लागि उपयुक्त भएको टाइम म्यागेजिनको निष्कर्ष छ ।

टाइम म्यागेजिनका प्रधानसम्पादक एडवर्ड फेलसेन्थलले भनेका छन्, युक्रेनको लागि लडाइँ चाहे कसैको डरले होस् वा विश्वासले होस्, भ्लोदोमिर जेलेन्स्कीले यसरी प्रेरित गरेकि, यस्तो हामीले यो दशकमा देखेका थिएनौं ।’

img

Share: