• img
  • img
img img img
Categories
मनोरञ्‍जन समाचार हिन्दी समाचार

शेट्टीको फेमस कप युनिभर्समा एन्ट्री दीपिका पादुकोण

img

काठमाडौं । दीपिका पादुकोणले रोहित शेट्टीको फेमस कप युनिभर्समा एन्ट्री गरेकी छिन् । निर्देशक रोहितको नयाँ फिल्म ‘सिंघम अगेन’ मा दीपिका प्रहरी महिलाको भूमिकामा देखिनेछिन् । रोहितले आफ्नो फिल्ममा प्रहरी महिला देखाएको यो पहिलो पटक हुनेछ । यो खबर सार्वजनिक हुने बित्तिकै दीपिका पादुकोण र सिंघम फिल्मका फ्यानहरु खुसी भएका छन् ।

अझ खुशीको कुरा यो छ कि फिल्म ‘सिंघम अगेन’ बाट अजय देवगन फेरि एक पटक पर्दामा आफ्नो चर्चित बाजीराव सिङ्घमको भूमिकामा देखिनेछन्। यो पहिलो पटक हो जब अजय र दीपिका एकसाथ स्क्रिन सेयर गर्दैछन्। दीपिका पादुकोणलाई लेडी सिङ्घमको भूमिकामा हेर्न फ्यानहरू पहिलेदेखि नै उत्साहित छन् ।

Tell me something I don't know,' says Deepika Padukone as Rohit Shetty  makes an announcement from Simmba's success bash - Bollywood News & Gossip,  Movie Reviews, Trailers & Videos at Bollywoodlife.com

सन् २०११ मा अजय देवगनले फिल्म ‘सिंघम’ बाट आफ्नो कप युनिभर्सको सुरुवात गरेका थिए । यसमा अजय देवगनले बाजीराव सिङ्घमको भूमिका निभाएका थिए र देशभर लोकप्रिय भए । सन् २०१४ मा फिल्म ‘सिंघम रिटर्न्स’ आएको थियो । यसमा अजयको साथमा करिना कपूर खान देखिएकी थिइन् । तर, चलचित्रमा नायिका प्रहरी अफिसरको भूमिकामा देखिने यो पहिलो पटक हो ।

Deepika Padukone becomes Rohit Shetty Universe's first female cop, to  feature in Ajay Devgn's Singham Again; Ranveer Singh to make a cameo

दीपिका पादुकोण भन्दा पहिले उनका पति रणवीर सिंह पनि रोहित शेट्टीको कप युनिभर्सको हिस्सा बनेका छन् । रणवीरले फिल्म ‘सिम्बा’ मा उत्कृष्ट काम देखाएका थिए । उनले प्रहरी संग्राम भालेरावको भूमिका निर्वाह गरेका थिए । उनको यो फनी स्टाइल निकै रुचाइएको थियो । रणवीर र अजय बाहेक रोहित शेट्टीले अक्षय कुमारसँग फिल्म ‘सूर्यवंशी’ पनि बनाएका छन् ।

दीपिका पादुकोणका अन्य प्रोजेक्टहरूको बारेमा कुरा गर्दा उनीसँग धेरै ठूला प्रोजेक्टहरू छन्। उनी छिट्टै फिल्म ‘पठान’ मा शाहरुख खानको अपोजिटमा देखिनेछिन् । यसबाहेक उनीसँग शाहरुख खानको अर्को फिल्म ‘जवान’, ऋतिक रोशनको ‘फाइटर’ र प्रभासको ‘प्रोजेक्ट के’ पनि छन् । यसबाहेक उनी रोहित शेट्टी र रणवीर सिंहको फिल्म ‘सर्कस’ मा विशेष भूमिकामा देखिनेछिन् ।

Deepika Padukone In The World Top 10 Beautiful Women List Of Science Know  How The Scale Of Beauty Measured | दुनिया की टॉप 10 खूबसूरत महिलाओं में  शामिल हुईं Deepika Padukone, इस

img

Share:
Tags