• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

समानुपातिकतर्फको सूची भोलिसम्म सच्याउन सक्ने

img

दलहरुले प्रतिनिधि सभाका लागि १ सय १० जना र ७ वटै प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरेका छन् । पार्टी  केन्द्रीय समितिको  बैठकबाट  अनुमोदन  गरेर  हिजो  ७  दलले  नामावली बुझाएका छन् ।

प्रतिनिधि सभामा १ सय १० सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । सङ्घीय संसदमा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए । त्यसैअनुसार निर्वाचन आयोगमा दलहरुले बुझाएको विवरण भोलि दिउँसो ४ बजेसम्म सच्चाउन सक्ने आयोगले जनाएको छ ।

img

Share: