• img
  • img
img img img
Categories
राष्ट्रीय

वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

आयोगले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ क्षेत्र नम्बर १, रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि खाली भएको बारा क्षेत्र नम्बर २ र रवि लामिछानेको सांसद पद गएपछि खाली भएको चितवन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

img

जनकपुरधाम – निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले बारा निर्वाचन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो ।

दल दर्ताका लागि आयोगले बुधबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ । चितवन क्षेत्र नं. २ को लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो ।

आयोगले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ क्षेत्र नम्बर १, रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि खाली भएको बारा क्षेत्र नम्बर २ र रवि लामिछानेको सांसद पद गएपछि खाली भएको चितवन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

श्रोतः मधेश लाईभ

img

Share: