• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

माओवादी नेता कुशवाहा जनमत पार्टीमा प्रवेश, बारा- २ मा उपेन्द्रसँग भिड्ने उद्घोष

गएको मंसिर ४ को निर्वाचनमा जसपाका उम्मेदवार हालका उपराष्ट्रपति रामसहाय यादवसँग झिनो मतले पराजित भएका कुशवाहा यसपाली फेरि जनमत पार्टीबाट निर्वाचन लड्न लागेका हुन्।

img

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले आज(बुधबार) पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशसँगै उनलाई बारा २ मा हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने अध्यक्ष राउतले घोषणा गरेका छन् ।

रिपोटर्स क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राउतले यही बैशाख १० गते हुन लागेको बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादव विरुद्ध कुशवाहाले उम्मेदवारी दिने राउतले घोषणा गरेका हुन्। सोही निर्वाचन क्षेत्रमा सर्लाही २ बाट जनमतका अध्यक्ष राउतसँग पराजित जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचन लड्ने चर्चा छ।

बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त निर्वाचन क्षेत्रमा यही बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

गएको मंसिर ४ को निर्वाचनमा जसपाका उम्मेदवार हालका उपराष्ट्रपति रामसहाय यादवसँग झिनो मतले पराजित भएका कुशवाहा यसपाली फेरि जनमत पार्टीबाट निर्वाचन लड्न लागेका हुन्।

गएको निर्वाचनमा  गठबन्धनकाे सहयाेगमा माओवादीका उम्मेदवार रहेका उनले पार्टीभित्रबाट अन्तर्घात भएकाले निर्वाचनमा पराजय ब्यहोरेको बताउँदै आएका थिए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी