• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सांसद खानलाई पदबाट हटाउन माग

img

सप्तरी। जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सांसद पदबाट हटाउन माग गर्दै सभामुखलाई ज्ञापन पत्र बुझाइएको छ ।

खानको अश्लील भिडिओसहितको समाचार बाहिरिएपछि सांसद पदबाट हटाउन माग गर्दै राष्ट्रिय एकता अभियानले सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको हो । समानुपातिक सांसद एवम् निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका नेता खानको सो हर्कतले नेपालको संसदीय व्यवस्था, सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीको शिर निहुरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्छ भन्दै अभियानले नेता खानलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी